पाठकहरूलाई जानकारी
प्रिय पाठकहरू
प्रहरीधरहरा-को यस अङ्कमा हामी पाँच वटा अध्ययन लेख छलफल गर्नेछौँ, जुन एकअर्कासित सम्बन्धित छन्। ती लेखहरूमा निम्न प्रश्नहरूको जवाफ पाउनेछौँ:
पहिलो, मानव छोराछोरीहरूले पापी झुकावविरुद्ध लड्न सकून् भनेर यहोवा बुबाले कस्तो प्रबन्ध गर्नुभयो?
दोस्रो, साँचो पश्चात्ताप भनेको के हो र यहोवाले मानिसहरूलाई पश्चात्ताप गर्न कसरी मदत गर्नुभएको छ?
तेस्रो, जानाजानी पाप गर्ने अनि पश्चात्ताप नगर्ने एक व्यक्तिको मामिला सम्हाल्न कोरिन्थ मण्डलीलाई कस्तो निर्देशन दिइयो?
चौथो, गम्भीर पाप गर्ने व्यक्तिलाई एल्डरहरूले कसरी मदत गर्न सक्छन्?
पाँचौँ, पश्चात्ताप नगर्ने व्यक्तिलाई मण्डलीबाट हटाइसकेपछि पनि एल्डरहरू र अरू भाइबहिनीले ती व्यक्तिलाई कसरी प्रेम र दया देखाइरहन सक्छन्?