सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ?

के परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ?

के परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ?

साधारणतया पाइने जवाफ:

◼ “उहाँ सर्वव्यापी हुनुहुन्छ, जेमा पनि हुनुहुन्छ। उहाँ हावा जस्तै हो।”

◼ “उहाँ वर्णन नै गर्न नसकिने बुद्धि र शक्‍ति हुनुहुन्छ।”

येशूले के भन्‍नुभयो?

◼ “मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌।” (यूहन्‍ना १४:२) येशूले परमेश्‍वरको लाक्षणिक घर अर्थात्‌ बस्ने ठाउँ छ भन्‍नुभयो।

◼ “म पिताबाट निस्केर संसारमा आएको छु, र फेरि म संसारलाई छोडेर पिताकहाँ जान्छु।” (यूहन्‍ना १६:२८) परमेश्‍वर निश्‍चित ठाउँमा बस्ने वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर येशू विश्‍वास गर्नुहुन्थ्यो।

येशूले परमेश्‍वरलाई वर्णन नै गर्न नसकिने शक्‍तिको रूपमा कहिल्यै संकेत गर्नुभएन। बरु, उहाँले परमेश्‍वरसित कुरा गर्नुभयो र उहाँलाई प्रार्थना चढाउनुभयो। येशूले प्रायः यहोवालाई स्वर्गीय पिता भनेर सम्बोधन गर्नुहुन्थ्यो। यस अभिव्यक्‍तिबाट परमेश्‍वरसित उहाँको नजिकको सम्बन्ध थियो भनी बुझ्न सकिन्छ।—यूहन्‍ना ८:१९, ३८, ५४.

यो कुरा सत्य हो कि “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन” र उहाँ “आत्मा हुनुहुन्छ।” (यूहन्‍ना १:१८; ४:२४) त्यसो भन्दैमा उहाँको कुनै शरीर वा रूप नै छैन भन्‍ने चाहिं होइन। बाइबल हामीलाई भन्छ: “प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ।” (१ कोरिन्थी १५:४४) के त्यसो भए यहोवाको आत्मिक शरीर छ?

हो, छ। जब येशू पुनरुत्थान हुनुभयो, तब उहाँ “परमेश्‍वरको सामने प्रकट हुनलाई स्वयं स्वर्गमै प्रवेश” हुनुभयो। (हिब्रू ९:२४) यो विवरणले हामीलाई यहोवाबारे दुइटा महत्त्वपूर्ण तथ्य सिकाउँछ। पहिलो: उहाँको बासस्थान छ। दोस्रो: उहाँ व्यक्‍ति हुनुहुन्छ, वर्णन गर्नै नसकिने सर्वव्यापी शक्‍ति होइन।

त्यसोभए परमेश्‍वरले सबै कुरालाई कसरी नियन्त्रण गर्न सक्नुहुन्छ? उहाँले आफ्नो सक्रिय शक्‍ति अर्थात्‌ पवित्र आत्मा ब्रह्‍माण्डको जुनसुकै कुनामा पनि पठाउन सक्नुहुन्छ। आफ्नो बच्चालाई सान्त्वना र आड दिन एक जना बुबाले हात अघि बढाएझैं परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र आत्मा पठाउनुहुन्छ।—भजन १०४:३०; १३९:७.

परमेश्‍वर व्यक्‍ति हुनुभएकोले उहाँलाई पनि मन पर्ने/नपर्ने कुराहरू छन्‌, अझ भनौं भने उहाँका भावनाहरू समेत छन्‌। परमेश्‍वर आफ्ना जनहरूलाई माया गर्नुहुन्छ, आफ्नो काममा रमाउनुहुन्छ, मूर्तिपूजालाई घृणा गर्नुहुन्छ र दुष्टता देखेर दुःखी हुनुहुन्छ भनी बाइबल बताउँछ। (उत्पत्ति ६:६; व्यवस्था १६:२२; १ राजा १०:९; भजन १०४:३१) उहाँ आनन्दित परमेश्‍वर हुनुहुन्छ। त्यसकारण हामीले परमेश्‍वरलाई पूर्ण हृदयले प्रेम गर्न सिक्न सक्छौं भनेर येशूले भन्‍नुभएकोमा हामी छक्क पर्नुपर्दैन।—मर्कूस १२:३०. a (w 09 2/1)

[फुटनोट]

a यसबारे थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १ हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

एक जना बुबाले हात अघि बढाएझैं परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न पवित्र आत्मा पठाउनुहुन्छ