तेस्रो मिथ्या: सबै असल मानिस स्वर्ग जान्छन्
तेस्रो मिथ्या: सबै असल मानिस स्वर्ग जान्छन्
यो मिथ्या कसरी सुरु भयो? इस्वी संवत् दोस्रो शताब्दीको सुरुसम्म येशूका प्रेरितहरूको मृत्यु भइसकेपछि प्रारम्भिक चर्चका फादरहरूले प्रमुख स्थान पाए। तिनीहरूको शिक्षाबारे न्यु क्याथोलिक इन्साइक्लोपीडिया (२००३, खण्ड ६, पृष्ठ ६८७) भन्छ: “शरीरबाट अलग्गिएको आत्माले मृत्युपछि गरिने जस्तोसुकै आवश्यक शुद्धिकरण गरे लगत्तै स्वर्गीय आनन्द प्राप्त गर्नेछ भन्ने झुकाव यो शिक्षामा व्याप्त थियो।”
बाइबल के भन्छ? “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।”—मत्ती ५:५.
येशूले चेलाहरूलाई तिनीहरूका लागि स्वर्गमा “ठाउँ तयार” पार्ने प्रतिज्ञा गर्नुभए तापनि उहाँले सबै धर्मी स्वतः स्वर्ग गइहाल्ने होइनन् भनी संकेत गर्नुभयो। (यूहन्ना ३:१३; १४:२, ३) के उहाँले परमेश्वरको “इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्” भनेर प्रार्थना गर्नुभएको थिएन र? (मत्ती ६:९, १०) वास्तवमा धर्मीहरूले दुइटामध्ये एउटा इनाम पक्कै पाउनेछन्। थोरैले ख्रीष्टसित स्वर्गमा शासन गर्नेछन् भने धेरैले पृथ्वीमा बास गर्नेछन्।—प्रकाश ५:१०.
समय बित्दै जाँदा सुरुको चर्चले पृथ्वीमा आफ्नो भूमिकाबारे आफ्नो धारणा परिवर्तन गऱ्यो। परिणाम? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार “संस्थागत चर्चले आशा गरिएको परमेश्वरको राज्यको ठाउँ ओगट्दै गयो।” येशूका चेलाहरू “यस संसारका” हुनुहुँदैन भन्ने उहाँको स्पष्ट आज्ञालाई बेवास्ता गर्दै राजनीतिसित मुछिएर उक्त चर्चले आफ्नो शक्ति मजबुत बनाउन थाल्यो। (यूहन्ना १५:१९; १७:१४-१६; १८:३६) रोमी सम्राट् कन्सटन्टाइनको प्रभावमा चर्चले आफ्ना केही धार्मिक विश्वासमा सम्झौता गऱ्यो। तीमध्ये एउटा थियो:- परमेश्वर कस्तो प्रकारको हुनुहुन्छ भन्ने विश्वास।
( w 09 11/01)
बाइबलका यी पदहरू तुलना गर्नुहोस्: भजन ३७:१०, ११, २९; यूहन्ना १७:३; २ तिमोथी २:११, १२
तथ्य:
अधिकांश असल मानिसहरू स्वर्गमा होइन, पृथ्वीमा सधैंभरि बस्नेछन्
[पृष्ठ ६-मा भएको चित्र]
Art Resource, NY