सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलो मिथ्या: मानव शरीर मरे पनि कुनै अंश भने बाँचिरहन्छ

पहिलो मिथ्या: मानव शरीर मरे पनि कुनै अंश भने बाँचिरहन्छ

पहिलो मिथ्या: मानव शरीर मरे पनि कुनै अंश भने बाँचिरहन्छ

यो मिथ्या कसरी सुरु भयो? द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका (१९८८), खण्ड ११, पृष्ठ २५ अनुसार सुरुका ख्रीष्टियान दार्शनिकहरूले मानव शरीरको कुनै अंश अमर हुन्छ र उक्‍त अंश गर्भधारण हुँदा शरीरमा हालिन्छ भन्‍ने युनानी धारणालाई स्वीकारे।

बाइबल के भन्छ? “त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”—भजन १४६:४.

के मानिससित शरीर मरेपछि पनि बाँचिरहने “आत्मा” छ? परमेश्‍वरले मानिस र जनावरहरूमा श्‍वास-प्रश्‍वासले क्रियाशील हुने आत्मा अर्थात्‌ जीवनशक्‍ति राखिदिनुभयो भनी बाइबलले सिकाउँछ। यही जीवनशक्‍तिले गर्दा मानिस तथा जनावरहरू चलहल गर्छन्‌। तर सास फेर्न रोकिएर परमेश्‍वरले सुरुमा दिएको त्यो जीवनशक्‍ति क्रियाशील हुन नसक्दा तिनीहरूको मृत्यु हुन्छ। तिनीहरूलाई कुनै पनि कुराको चेतना हुँदैन।—उत्पत्ति ३:१९; उपदेशक ३:१९-२१; ९:५.

मानिसको शरीरको कुनै अंश अमर छ र उक्‍त अंश शरीर मरेपछि पनि बाँचिरहन्छ भन्‍ने विश्‍वास राख्न थालिएदेखि नै यस्ता प्रश्‍नहरू खडा भएका थिए: मृत्युपछि त्यो अंश कहाँ जान्छ? दुष्टहरूको मृत्यु हुँदा तिनीहरूलाई के हुन्छ? नाउँ मात्रका ख्रीष्टियानहरूले हाम्रो शरीर मरेपछि पनि केही अंश बाँचिरहन्छ भन्‍ने यो मिथ्या अँगाल्दा अर्को मिथ्या पनि अँगाल्न पुगे—अग्निमय नरकको शिक्षा। ( w 09 11/01)

बाइबलका यी पदहरू तुलना गर्नुहोस्‌: उपदेशक ३:१९; मत्ती १०:२८; प्रेरित ३:२३

तथ्य:

मरेपछि मानिसको कुनै अस्तित्व रहँदैन