सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाँचौं मिथ्या: मरियम परमेश्‍वरकी माता हुन्‌

पाँचौं मिथ्या: मरियम परमेश्‍वरकी माता हुन्‌

पाँचौं मिथ्या: मरियम परमेश्‍वरकी माता हुन्‌

यो मिथ्या कसरी सुरु भयो? चर्चमा गैर ख्रीष्टियानहरूको ओइरो लाग्दा . . . परमेश्‍वरकी माताको पूजा-अर्चना गर्ने प्रेरणा मिल्यो र . . . उनीहरूको [ख्रीष्टियान धर्म ग्रहण गरेकाहरूको] भक्‍ति र धार्मिक चेतना ‘महामाता’ देवी र ‘कुमारी देवी’-को पन्थमार्फत हजारौं वर्षअघि स्थापित थियो।”–द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका (१९८८), खण्ड १६, पृष्ठ ३२६ र ३२७.

बाइबल के भन्छ? “अब हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, . . . यसैकारण जो जन्मनुहुनेछ सो पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।”—लूका १:३१-३५.

यो शास्त्रपदले मरियम परमेश्‍वरकी होइन “परमेश्‍वरका पुत्र”-की माता थिइन्‌ भनेर प्रस्टै बताएको छ। ‘उच्च स्वर्गमा नअटाउने’ परमेश्‍वरलाई के मरियमले आफ्नो गर्भमा राख्न सक्थिन्‌ र? (१ राजा ८:२७) तिनले कहिल्यै त्यस्तो दाबी गरिनन्‌। त्यही त्रिएकको शिक्षाले गर्दा नै मरियमको परिचयबारे गोलमाल भएको हो। इस्वी संवत्‌ ४३१ मा एफिससमा बसेको परिषद्‌ले उनलाई परमेश्‍वरकी जननी (युनानीमा थियोटोकोस) अथवा “परमेश्‍वरकी माता” भनी घोषणा गर्दै मरियमलाई उपासना गर्ने आधार बसाल्यो। यो चर्चको परिषद्‌ बसेको एफिसस सहर शताब्दीयौंदेखि प्रजनन्‌ देवी डायनाको मूर्तिपूजाको केन्द्र थियो।

यसरी “आकाशबाट खसेको” यो डायना देवीको मूर्तिपूजाका थुप्रै पक्ष, जस्तै:- शोभा-यात्रा गर्नु मरियमको उपासनामा मिसियो। (प्रेरित १९:३५, NRV) ख्रीष्टियान शिक्षामा घुसेको अर्को प्रचलन हो—उपासनामा मरियम र अरूको प्रतिमा प्रयोग गर्नु।

w 09 11/01)

बाइबलका यी पदहरू तुलना गर्नुहोस्‌: मत्ती १३:५३-५६; मर्कूस ३:३१-३५; लूका ११:२७, २८.

तथ्य:

मरियम परमेश्‍वरकी होइन परमेश्‍वरका पुत्रकी माता थिइन्‌। त्रिएकको यो मिथ्याले परमेश्‍वरकी माताको रूपमा मरियमलाई उपासना गर्ने परम्पराको थालनी गऱ्‍यो