के तपाईं परमेश्वरसित व्यक्तिगत सम्बन्ध गाँस्न सक्नुहुन्छ?
के तपाईं परमेश्वरसित व्यक्तिगत सम्बन्ध गाँस्न सक्नुहुन्छ?
ठूलाठालुहरूलाई अभिवादन गर्न र तिनीहरूलाई नामै लिएर सम्बोधन गर्न पाउनु ठूलो सम्मानको कुरा हो। उच्च पदाधिकारीहरूलाई सम्बोधन गर्न अक्सर “सम्माननीय राष्ट्रपति,” “मौसूफ” वा “श्रीमान्”-जस्ता पदवीहरू चलाइन्छ। त्यसैले उच्च ओहदाका कसैले तपाईंलाई, “कृपया मेरो नामै लिएर बोलाउनुहोस्” भन्यो भने तपाईंले कत्ति ठूलो सम्मान पाएको महसुस गर्नुहुनेछ!
साँचो परमेश्वरले आफ्नो लिखित वचन बाइबलमा यसो भन्नुभएको छ: “म परमप्रभु [यहोवा] हुँ, मेरो नाउँ त्यही हो।” (यशैया ४२:८) a उहाँलाई सम्बोधन गरिने थुप्रै पदवी छन्, जस्तै: “सृष्टिकर्ता,” “सर्वशक्तिमान्,” “सार्वभौम प्रभु।” उहाँले आफ्ना वफादार सेवकहरूलाई आफ्नो नाम यहोवाद्वारा चिनाउनुभएको छ र यही नामले सम्बोधन गर्न दिएर तिनीहरूको कदर गर्नुभएको छ।
उदाहरणको लागि, परमेश्वरले केही बताउँदै गर्नुहुँदा भविष्यवक्ता मोशाले “प्रभो [यहोवा]” भन्दै बिन्ती बिसाएका थिए। (प्रस्थान ४:१०) यरूशलेमको मन्दिर समर्पणको बेला राजा सुलेमानले “हे परमेश्वर [यहोवा]” भनेर आफ्नो प्रार्थना सुरु गरेका थिए। (१ राजा ८:२२, २३) अनि भविष्यवक्ता यशैयाले इस्राएलका जनहरूको खातिर परमेश्वरलाई यसरी सम्बोधन गरे: “तपाईं, हे [यहोवा] हाम्रा पिता हुनुहुन्छ।” (यशैया ६३:१६) स्पष्ट छ, स्वर्गमा बस्ने बुबाले हामीलाई उहाँको नामै लिएर सम्बोधन गर्न आग्रह गर्नुहुन्छ।
यहोवा नामै लिएर सम्बोधन गर्नु महत्त्वपूर्ण छ तर उहाँको नाम जान्नुमा धेरै कुरा मुछिएको छ। यहोवालाई प्रेम गर्ने र उहाँमा भरोसा राख्ने व्यक्तिको सन्दर्भमा उहाँ यसो भन्नुहुन्छ: “उनले मेरो नाउँ जानेको कारण म उनलाई उच्चस्थानमा राख्नेछु [“रक्षा गर्नेछु,” NRV]।” (भजन ९१:१४) स्पष्ट छ, परमेश्वरको नाम जान्नुमा धेरै कुरा मुछिएको छ किनभने यसो गरेको खण्डमा मात्र उहाँले रक्षा गर्नुहुन्छ। त्यसोभए, तपाईंले यहोवाको नाम जान्नुमा के मुछिएको छ? ( w10 -E 07/01)
[फुटनोट]
a आवरण लेखहरूमा प्रयोग भएको यो पद र अन्य पदहरूमा नेपाली बाइबलमा यहोवा नामको ठाउँमा “परमप्रभु,” “परमेश्वर” र “प्रभो”-जस्ता अभिव्यक्तिहरू चलाइएका छन्। तथापि, बाइबल लेखिएको मौलिक भाषामा भने परमेश्वरको नाम यहोवा लेखिएको छ।