वृद्धावस्था; वृद्धवृद्धा
हाम्रो उमेर ढल्कँदै जाँदा के हुन्छ?
“सान्त्वना—रोगबिमार वा बुढ्यौलीको कारण सीमितता” पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उप १२:१-८—राजा सुलेमानले वृद्धावस्थाका केही समस्या, जस्तै: दृष्टि (“झ्यालबाहिर चियाएर हेर्ने स्त्रीहरूको सामुन्ने अन्धकार छाउँछ”) र सुन्ने क्षमता कमजोर हुनेबारे (“छोरीहरूको गीत मधुरो हुँदै जान्छ”) कवितात्मक शैलीमा लेखे
-
के वृद्धवृद्धाले ढल्कँदो उमेरसँगै आइपर्ने परीक्षा र सीमितताको बाबजुद आनन्द कायम राख्न सक्छन्?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स १२:२, २३—वृद्ध भविष्यवक्ता समुएलले यहोवाका जनहरूको तर्फबाट प्रार्थना गरिरहे किनभने तिनलाई त्यसो गर्नुको महत्त्व थाह थियो
-
२स १९:३१-३९—राजा दाउद वृद्ध बार्जिलैको साथ पाएकोमा निकै आभारी भए अनि दाउदले तिनलाई आफूसँगै आउन आग्रह गर्दा तिनले आफ्नो सीमितता स्विकार्दै यरुसलेम जान नसक्ने कुरा बताए
-
भज ७१:९, १८—राजा दाउदलाई वृद्धावस्थामा आफू यहोवाको लागि उपयोगी हुन नसक्ने हो कि भनेर चिन्ता लाग्यो, त्यसैले तिनले आफूलाई नत्याग्न यहोवालाई बिन्ती गरे र भावी पुस्तालाई उहाँबारे बताउन बल मागे
-
लुका २:३६-३८—वृद्धावस्थाकी भविष्यवक्ता हन्ना विधवा थिइन् अनि तिनले भक्ति र वफादार सेवाको इनाम पाइन्
-
यहोवाले वृद्धवृद्धालाई कस्तो आश्वासन दिनुभएको छ?
भज ९२:१२-१४; हित १६:३१; २०:२९; यसै ४६:४; ति २:२-५
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प १२:१-४—पचहत्तर वर्षीय अब्राहामले यहोवाबाट एउटा ठूलो जिम्मेवारी पाए
-
दा १०:११, १९; १२:१३—एक स्वर्गदूतले ९० वर्ष नाघिसकेका भविष्यवक्ता दानिएललाई तिनी यहोवाको लागि अतिप्रिय छन् र तिनले आफ्नो वफादारीको इनाम पाउनेछन् भनेर आश्वासन दिए
-
लुका १:५-१३—उमेर ढल्किसकेका जकरिया र इलिसिबाले यहोवाबाट आशिष् पाएर एउटा छोरा जन्माए र उसको नाम युहन्ना राखे
-
लुका २:२५-३५—वृद्ध भइसकेका सिमियोनले भावी मसीहलाई देख्ने सुअवसर पाए र उहाँबारे भविष्यवाणी गरे
-
प्रे ७:२३, ३०-३६—यहोवाले भविष्यवक्ता मोसालाई इस्राएलीहरूको नाइके नियुक्त गर्नुहुँदा तिनी ८० वर्ष पुगिसकेका थिए
-
हामीले यहोवाप्रति वफादार वृद्धवृद्धासित कस्तो व्यवहार गर्नुपर्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प ४५:९-११; ४७:१२—युसुफले आफ्नो वृद्ध बुबा याकुबलाई आफूसँगै बस्न बोलाए र तिनको मृत्यु नहोउन्जेल हेरविचार गरे
-
रुथ १:१४-१७; २:२, १७, १८, २३—रुथले बोली र व्यवहारद्वारा आफ्नी वृद्ध सासू नाओमीलाई साथ दिएको देखाइन्
-
युह १९:२६, २७—आफ्नो मृत्युको अन्तिम घडीमा येसुले प्रेषित युहन्नालाई आफ्नी वृद्ध आमाको हेरचाह गर्ने जिम्मेवारी दिनुभयो
-
ख्रिष्टियनहरूले मण्डलीका वृद्धवृद्धालाई के-कस्ता व्यावहारिक तरिकाहरूमा मदत गर्न सक्छन्?