अध्याय ११४
राज्यशक्तिमा आउनुभएका ख्रिष्टले भेडा र बाख्राको न्याय गर्नुहुनेछ
-
येसु भेडा र बाख्राको उदाहरण बताउनुहुन्छ
जैतुन डाँडामा येसुले भर्खरै मात्र दस कन्या र टालेन्टको उदाहरण बताउनुभएको छ। उहाँको उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे प्रेषितहरूले सोधेको प्रश्नको जवाफ येसु कसरी टुङ्ग्याउनुहुन्छ? उहाँ अन्तमा अर्को एउटा उदाहरण बताउनुहुन्छ: भेडा र बाख्राको उदाहरण।
येसु यो उदाहरण बताउनुअघि यसो भन्नुहुन्छ: “जब मानिसको छोरा आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ, तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ।” (मत्ति २५:३१) यसरी येसु यस उदाहरणको मुख्य पात्र आफू भएको कुरा प्रस्ट पार्नुहुन्छ। उहाँ अक्सर आफूलाई “मानिसको छोरा” भन्ने गर्नुहुन्थ्यो।—मत्ति ८:२०; ९:६; २०:१८, २८.
येसुले यस उदाहरणमा बताउनुभएको कुरा कहिले पूरा हुनेछ? उहाँ ‘गौरवसहित सबै स्वर्गदूत लिएर आउनुहुँदा’ र ‘आफ्नो गौरवशाली सिंहासनमा बस्नुहुँदा’ पूरा हुनेछ। स्वर्गदूतहरूसँगै ‘मानिसको छोरा ठूलो शक्ति र महिमासहित बादलहरूमा आउनेबारे’ उहाँले यसअघि नै बताइसक्नुभएको छ। त्यो कहिले हुनेछ? “सङ्कष्टको तुरुन्तैपछि।” (मत्ति २४:२९-३१; मर्कुस १३:२६, २७; लुका २१:२७) त्यसैले यस उदाहरणमा बताइएको कुरा येसु भविष्यमा गौरवसहित आउनुहुँदा पूरा हुनेछ। त्यतिबेला उहाँले के गर्नुहुनेछ?
येसु अझै यसो भन्नुहुन्छ: “जब मानिसको छोरा . . . आउँछ, तब . . . उसको अगाडि सबै जाति भेला गराइनेछन् र गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। अनि उसले भेडाहरूलाई आफ्नो दाहिने हाततिर र बाख्राहरूलाई देब्रे हाततिर राख्नेछ।”—मत्ति २५:३१-३३.
भेडाहरूलाई के हुनेछ? येसु भन्नुहुन्छ: “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्नेछ: ‘आओ, मेरो बुबाको आशिष् पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर।’” (मत्ति २५:३४) भेडाहरूले किन राजाको अनुमोदन पाउँछन्?
राजा यसो भन्छ: “म भोकाएको थिएँ, तिमीहरूले मलाई मत्ति २५:३५, ३६, ४०, ४६) तिनीहरूले यस्ता असल कामहरू स्वर्गमा गरेनन् किनकि स्वर्गमा रोगी वा भोका मानिसहरू छैनन्। बरु यी कामहरू पृथ्वीमा ख्रिष्टका भाइहरूको लागि गरिएको हुनुपर्छ।
केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्यौ; म नाङ्गो थिएँ, तिमीहरूले मलाई लुगा लगाइदियौ। म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्न आयौ।” यी भेडाहरू अर्थात् “धर्मीहरू”-ले हामीले यस्ता असल कामहरू कहिले गऱ्यौँ भनेर सोध्दा उसले यसो भन्छ: “तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ।” (राजाको देब्रे हाततिर राखिएका बाख्राहरूलाई चाहिँ के हुनेछ? येसु भन्नुहुन्छ: “त्यसपछि [राजाले] आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल र सधैँ बलिरहने आगोमा जाओ, जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ। किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।’” (मत्ति २५:४१-४३) यो न्यायदण्ड उचित छ किनकि बाख्राको रूपमा छुट्ट्याइएकाहरू पृथ्वीमा ख्रिष्टका भाइहरूलाई दयालु व्यवहार गर्नदेखि चुके।
भविष्यमा गरिने यो न्याय स्थायी हुनेछ भनेर प्रेषितहरू बुझ्छन्। येसु उनीहरूलाई भन्नुहुन्छ: “[राजाले] तिनीहरूलाई [भन्नेछ]: ‘म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’ अनि यिनीहरू सधैँका लागि नाश हुनेछन् तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्।”—मत्ति २५:४५, ४६.
प्रेषितहरूले सोधेको प्रश्नको जवाफमा येसुले जे-जति भन्नुभयो, त्यसमा उहाँका अनुयायीहरूले विचार गर्नुपर्ने कुरा धेरै छन्। यसो गर्दा उनीहरूले आफ्नो मनोवृत्ति र काम केलाउने मदत पाउँछन्।