उत्पत्ति ५:१-३२

  • आदमदेखि नुहसम्म (१-३२)

    • आदमका अरू छोराछोरी जन्मिन्छन्‌ ()

    • हनोक परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌छन्‌ (२१-२४)

५  यो आदमका सन्तानको विवरण हो: परमेश्‍वरले आदमलाई आफ्नै स्वरूपमा बनाउनुभयो।+ २  उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ उहाँले तिनीहरूलाई जुन दिन सृष्टि गर्नुभयो,+ त्यस दिन उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो र तिनीहरूलाई मानिस* भन्‍नुभयो। ३  आदम १३० वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो, जो तिनीजस्तै थिए। आदमले उसको नाम सेत+ राखे। ४  सेत जन्मेपछि आदम अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ५  आदम जम्मा ९३० वर्ष बाँचे; त्यसपछि तिनी मरे।+ ६  सेत १०५ वर्षको हुँदा तिनका छोरा एनोस+ जन्मिए। ७  एनोस जन्मेपछि सेत अरू ८०७ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ८  सेत जम्मा ९१२ वर्ष बाँचे; त्यसपछि तिनी मरे। ९  एनोस ९० वर्षको हुँदा तिनका छोरा केनान जन्मिए। १०  केनान जन्मेपछि एनोस अरू ८१५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ११  एनोस जम्मा ९०५ वर्ष बाँचे; त्यसपछि तिनी मरे। १२  केनान ७० वर्षको हुँदा तिनका छोरा महलालेल+ जन्मिए। १३  महलालेल जन्मेपछि केनान अरू ८४० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १४  केनान जम्मा ९१० वर्ष बाँचे; त्यसपछि तिनी मरे। १५  महलालेल ६५ वर्षको हुँदा तिनका छोरा यारेद+ जन्मिए। १६  यारेद जन्मेपछि महलालेल अरू ८३० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। १७  महलालेल जम्मा ८९५ वर्ष बाँचे; त्यसपछि तिनी मरे। १८  यारेद १६२ वर्षको हुँदा तिनका छोरा हनोक+ जन्मिए। १९  हनोक जन्मेपछि यारेद अरू ८०० वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २०  यारेद जम्मा ९६२ वर्ष बाँचे; त्यसपछि तिनी मरे। २१  हनोक ६५ वर्षको हुँदा तिनका छोरा मतुसेलह+ जन्मिए। २२  मतुसेलह जन्मेपछि पनि हनोक ३०० वर्षसम्म साँचो परमेश्‍वरले* देखाउनुभएको बाटोमा हिँडिरहे।* तिनका अरू छोराछोरी पनि जन्मिए। २३  हनोक जम्मा ३६५ वर्ष बाँचे। २४  तिनी परमेश्‍वरले देखाउनुभएको बाटोमा जीवनभर हिँडिरहे।+ त्यसपछि कसैले तिनलाई कहिल्यै देखेन। किनकि परमेश्‍वरले तिनलाई लैजानुभयो।+ २५  मतुसेलह १८७ वर्षको हुँदा तिनका छोरा लेमेक+ जन्मिए। २६  लेमेक जन्मेपछि मतुसेलह अरू ७८२ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। २७  मतुसेलह जम्मा ९६९ वर्ष बाँचे; त्यसपछि तिनी मरे। २८  लेमेक १८२ वर्षको हुँदा तिनको एउटा छोरा जन्मियो। २९  तिनले उसको नाम नुह*+ राखे र यसो भने: “यहोवा परमेश्‍वरले भूमिलाई सराप दिनुभएकोले हामीले कडा मेहनत गर्नुपरेको छ, निकै दुःख गर्नुपरेको छ।+ तर अब यस बालकले हामीलाई यी सबै कष्टबाट राहत* दिनेछ।” ३०  नुह जन्मेपछि लेमेक अरू ५९५ वर्ष बाँचे। तिनका अरू छोराछोरी पनि जन्मिए। ३१  लेमेक जम्मा ७७७ वर्ष बाँचे; त्यसपछि तिनी मरे। ३२  नुह ५०० वर्षको भएपछि तिनका छोराहरू सेम,+ हाम+ र यापेत+ जन्मिए।

फुटनोटहरू

वा “आदम; मानिसजाति।”
शब्दावली हेर्नुहोस्‌।
शा., “साँचो परमेश्‍वरसित हिँडिरहे।”
यसको अर्थ “विश्राम; ढाडस” हुन सक्छ।
वा “सान्त्वना।”