उपदेशक ४:१-१६

  • अन्याय-अत्याचार मृत्युभन्दा नराम्रो (१-३)

  • काममा सन्तुलित हुनु (४-६)

  • साथीको महत्त्व (७-१२)

    • एकभन्दा दुई असल ()

  • शासकको जीवन व्यर्थ हुन सक्छ (१३-१६)

४  मैले संसारमा* भइरहेका अन्याय-अत्याचारलाई नियालेर हेरेँ। अत्याचारमा परेकाहरूको आँसु मैले देखेँ तर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।+ अत्याचारीहरू शक्‍तिशाली थिए तर जो अत्याचारमा परेका थिए, तिनीहरूको पक्ष लिएर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन। २  त्यसैले जिउँदाहरूको भन्दा त मरेकाहरूको हालत अझ राम्रो रहेछ भनेर मैले बुझेँ।+ ३  अझ जन्मँदै नजन्मनु सबैभन्दा उत्तम रहेछ।+ किनकि नजन्मेकाहरूले संसारमा* गरिएका नराम्रा कामहरू देखेकै हुँदैनन्‌।+ ४  अनि एउटाले अर्कोलाई उछिन्‍ने धुनमा मानिसहरूले धेरै मेहनत गरेको र सिपालु भएर काम गरेको पनि मैले देखेँ।+ तर यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ। ५  आफैलाई हानि हुँदा पनि मूर्खचाहिँ हात बाँधेरै बसिरहन्छ।+ ६  मरुन्जेल* मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर* आराम गर्नु नै बेस हो।+ ७  संसारमा* गरिने अर्को व्यर्थ कामलाई पनि मैले नियालेर हेरेँ। ८  यस्तो मानिस पनि हुँदो रहेछ: ऊ नितान्त एक्लो छ, उसको कोही साथी छैन। उसको छोरा वा दाजुभाइ कोही पनि छैन। तैपनि ऊ एकछिन पनि आराम नगरीकन मेहनत गरिरहन्छ। जति सम्पत्ति बटुले पनि उसको मन भरिँदैन।+ के उसले कहिल्यै यसरी विचार गर्ला, ‘असल कुराहरूबाट आफैलाई वञ्चित गरेर म कसको लागि यत्तिका मेहनत गर्दै छु’?+ यो पनि व्यर्थ र दुःखलाग्दो काम रहेछ।+ ९  एकभन्दा दुई असल हो।+ तिनीहरूले आफ्नो मेहनतको मीठो फल पाउँछन्‌। १०  किनकि यदि एउटा लड्‌यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ। तर कुनै मानिस लड्‌दा उसलाई उठाउने कोही पनि छैन भने उसको हालत के होला? ११  दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ। तर एक्लै त कसरी न्यानो हुने? १२  कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्‌। अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिँदैन। १३  बुढेसकाल लागेर पनि अरूको सल्लाह नसुन्‍ने+ मूर्ख राजाभन्दा गरिब तर बुद्धिमान्‌ बालक नै असल हो+ १४  किनभने गरिब परिवारमा जन्म लिएर+ पनि त्यो बालक त्यस राजाको शासन चलिरहेकै बेला झ्यालखानाबाट निस्केर राजा बन्यो।+ १५  संसारमा* मैले जिउँदाहरू जति सबैलाई नियालेँ। साथै राजाको ठाउँ लिने त्यो बालकलाई पनि मैले विचार गरेँ। १६  उसको पक्षमा खडा हुनेहरू प्रशस्तै होलान्‌ तर तिनीहरूभन्दा पछि आउने पुस्ताले उसलाई मन पराउनेछैन।+ यो पनि व्यर्थ र केवल बतासलाई खेदेको जस्तो रहेछ।

फुटनोटहरू

शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
शा., “एक मुठी।”
शा., “दुई मुठी।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”