तितस ३:१-१५
३ तिनीहरूलाई यो कुरा सम्झाइरहनू कि तिनीहरू सरकार र अख्तियारवालाहरूको अधीनमा बसून् अनि उनीहरूप्रति आज्ञाकारी होऊन्,+ हरेक असल कामको लागि तत्पर होऊन्,
२ कसैको बदनाम नगरून्, झगडालु नहोऊन् बरु व्यावहारिक होऊन्+ र सबै मानिससित व्यवहार गर्दा कोमलता देखाऊन्।+
३ किनकि कुनै समय हामी पनि अबुझ, अनाज्ञाकारी, बहकिएका, विभिन्न कुइच्छा र सुखविलासको दासत्वमा परेका, खराबी र ईर्ष्या गर्ने, घृणित र एकअर्कालाई घृणा गर्ने मानिसहरू थियौँ।
४ तर जब हाम्रा उद्धारक परमेश्वरको दया+ र मानिसजातिप्रतिको प्रेम प्रकट भयो
५ (हामीले गरेको असल कामहरूको कारण होइन+ तर उहाँको कृपाले गर्दा),+ तब उहाँले जीवन दिने स्नानद्वारा+ अनि पवित्र शक्तिले नयाँ बनाएर हाम्रो उद्धार गर्नुभयो।+
६ हाम्रा उद्धारक येसु ख्रिष्टमार्फत उहाँले यो पवित्र शक्ति हामीमाथि प्रचुर मात्रामा* खन्याउनुभयो+
७ ताकि उहाँको असीम अनुग्रहले गर्दा धर्मी ठहरिसकेपछि+ हामी आफ्नो आशाअनुसारै अनन्त जीवनको+ उत्तराधिकारी बन्न सकौँ।+
८ यी कुराहरू विश्वासयोग्य छन् अनि तिमीले यी कुराहरूमा जोड दिइरह भन्ने म चाहन्छु ताकि ज-जसले परमेश्वरमा विश्वास गरेका छन्, तिनीहरूले आफ्नो ध्यान असल कामहरूमा लगाइरहन सकून्। यी कुराहरू मानिसहरूका लागि असल र फाइदाजनक छन्।
९ तर मूर्खताले भरिएको वादविवाद, वंशावलीको खोजीनिती, बहस अनि मोसाको व्यवस्थाको विषयमा झगडा गर्नदेखि टाढै बस किनकि त्यसबाट कुनै फाइदा हुँदैन, ती बेकारका कुराहरू हुन्।+
१० कुनै मानिसले गुटबन्दीलाई प्रोत्साहन दिन्छ भने+ उसलाई पहिला एक चोटि अनि फेरि दोस्रो चोटि चेतावनी देऊ, त्यसपछि+ ऊसित सङ्गत गर्न छोडिदेऊ।+
११ यो जानेर कि यस्तो मानिस सत्यको मार्गबाट तर्केको छ अनि उसले पाप गरिरहेको छ र आफूले आफैलाई दोषी ठहराइरहेको छ।
१२ मैले अर्तिमास वा टाइकिकसलाई+ तिमीकहाँ पठाएपछि मकहाँ निकोपोलिस आउन सक्दो प्रयास गर किनकि मैले त्यहीँ हिउँद काट्ने निधो गरेको छु।
१३ जिनस, जो मोसाको व्यवस्थामा पोख्त छन्, तिनी र अपोल्लसका लागि यात्राको सम्पूर्ण बन्दोबस्त मिलाइदिन सक्दो गर ताकि तिनीहरूलाई कुनै कुराको अभाव नहोस्।+
१४ हाम्रा मानिसहरूले पनि असल काम गर्न सिकून् ताकि आवश्यक परेको बेला तिनीहरूले मदत गर्न सकून्+ र तिनीहरू असल काममा निष्फल नहोऊन्।+
१५ मसित भएकाहरू सबैले तिमीलाई अभिवादन पठाएका छन्। विश्वासमा भएकाहरू, जो हामीलाई माया गर्छन्, तिनीहरूलाई मेरो अभिवादन छ भनिदेऊ।
परमेश्वरको असीम अनुग्रह तिमीहरू सबैमाथि रहोस्।
फुटनोटहरू
^ वा “उदारतासाथ।”