भजनसङ्‌ग्रह ११०:१-७

  • मल्किसेदेकजस्तो राजा र पुजारी

    • ‘आफ्ना शत्रुहरूको बीचमा अधिकार गर’ ()

    • राजीखुसीले तयार हुने जवानहरू शीतका थोपाहरूजस्तै ()

दाउदले रचेको भजन। ११०  यहोवाले मेरा प्रभुलाई भन्‍नुभयो:“तिमी मेरो दाहिने हाततिर बस,+जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”+  २  यहोवाले सियोनबाट तिम्रो शक्‍तिको राजदण्ड यसो भन्दै तेर्स्याउनुहुनेछ:“जाऊ, आफ्ना शत्रुहरूको बीचमा गएर तिनीहरूमाथि अधिकार गर।”+  ३  जुन दिन तिमी आफ्नो सेना लिएर युद्धमा जान्छौ, तिम्रा मानिसहरू राजीखुसीले तयार हुनेछन्‌।तिम्रो साथमा जवानहरूको दल हुनेछ, जसमा पवित्रताको तेज चम्कन्छ,जो उषाको गर्भबाट निस्कने शीतका थोपाहरूजस्तै हुन्छन्‌।  ४  यहोवाले शपथ खानुभएको छ र उहाँ पछुताउनुहुनेछैन:“तिमी सधैँका लागि पुजारी हौ,+ मल्किसेदेकजस्तो!”+  ५  तिम्रो दाहिने हाततिर यहोवा हुनुहुनेछ;+आफ्नो रिसको दिनमा उहाँले राजाहरूलाई कुल्चिनुहुनेछ।+  ६  राष्ट्र-राष्ट्रलाई* उहाँले दण्ड दिनुहुनेछ;+देशभरि जताततै लासको थुप्रो लगाउनुहुनेछ।+उहाँले विशाल देशको* नेतालाई कुल्चिनुहुनेछ।  ७  उसले* बाटोछेउको खोलाबाट पानी पिउनेछअनि आफ्नो शिर गर्वले ठाडो पार्नेछ।

फुटनोटहरू

वा “राष्ट्रहरूमाझ।”
वा “पूरै देशको।”
यसले पद १ मा उल्लेख गरिएको “मेरा प्रभु”-लाई जनाउँछ।