भजनसङ्ग्रह ८३:१-१८
एउटा गीत। आसापले रचेको भजन।+
८३ हे परमेश्वर, चुप नबस्नुहोस्;+हे सर्वशक्तिमान् परमेश्वर, मौन नबस्नुहोस्, केही गर्नुहोस्।
२ किनकि हेर्नुहोस्! तपाईँका शत्रुहरूले होहल्ला मच्चाइरहेका छन्;+तपाईँलाई घृणा गर्नेहरू अहङ्कार गर्छन्।*
३ धुर्त्याइँका साथ तिनीहरू लुकीछिपी तपाईँका मानिसहरूविरुद्ध युक्ति रच्छन्;तपाईँले अनमोल ठान्नुभएकाहरूको* विरुद्धमा तिनीहरू षड्यन्त्र रच्छन्।
४ तिनीहरू भन्छन्: “आओ, हामी तिनीहरूको पूरै जातिलाई नाश गरौँ +र इस्राएलको नाम सदाको लागि मेटियोस्।”
५ तिनीहरू एकै मतको भएर षड्यन्त्र रच्छन्;*तिमीहरूविरुद्ध गठबन्धन* गर्नेहरू यिनीहरू नै हुन्:+
६ एदोम र इस्माएलीहरूको पाल, मोआब+ र हगारीहरू,+
७ गेबाल, अम्मोन+ र अमालेक,पलिस्तिया+ र टायरका+ बासिन्दाहरू।
८ अस्सेरियाले+ पनि तिनीहरूसँग हात मिलाएको छ;तिनीहरूले लुतका छोराहरूलाई साथ दिएका छन्।*+ (सेला)
९ तपाईँले मिद्यानीहरूलाई जसो गर्नुभएको थियो, तिनीहरूलाई पनि त्यसै गर्नुहोस्,+किसोनको खोल्सामा* सिसरा र याबिनलाई गर्नुभएझैँ।+
१० एन-दोरमा उनीहरू नाश भएका थिए;+उनीहरू जमिनको मलसरह भएका थिए।
११ तिनीहरूका प्रतिष्ठित मानिसहरूको हालत ओरेब र जिबको+ जस्तै बनाइदिनुहोस्अनि तिनीहरूका शासकहरूको हालत जबह र जल्मुन्नाको+ जस्तै बनाइदिनुहोस्।
१२ किनकि तिनीहरूले यसो भने: “आओ, परमेश्वर बास गर्नुहुने त्यस देशमाथि हामी अधिकार जमाऔँ।”
१३ हे मेरा परमेश्वर, तिनीहरूलाई हुरीबतासले उडाएको झारजस्तै बनाइदिनुहोस्,+हावाले यताउता उडाउने ठोसोजस्तै बनाइदिनुहोस्।
१४ आगोले वनमा डढेलो लगाएझैँ,आगोको ज्वालाले पहाडलाई स्वाहा पारेझैँ +
१५ ठूलो आँधी चलाएर तिनीहरूलाई खेद्नुहोस्+अनि हुरीबतास चलाएर तिनीहरूमाझ त्रास फैलाइदिनुहोस्।+
१६ हे यहोवा, तिनीहरूको अनुहार लाजले छोपिदिनुहोस्ताकि तिनीहरूले तपाईँको नामको खोजी गरून्।
१७ तिनीहरूको सधैँ बेइज्जती भइरहोस्, तिनीहरू कहिल्यै डरमुक्त नहोऊन्;तिनीहरूको अपमान होस्, तिनीहरू नाश होऊन्।
१८ मानिसहरूले जानून् कि तपाईँ, जसको नाम यहोवा हो,+सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+
फुटनोटहरू
^ वा “शिर ठाडो पार्छन्।”
^ शा., “लुकाउनुभएकाहरूको।”
^ शा., “एकै मनका भएर सल्लाह गर्छन्।”
^ वा “करार।”
^ शा., “लुतका छोराहरूको पाखुरा बनेका छन्।”
^ वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।