भजनसङ्‌ग्रह ९०:१-१७

  • युगयुगका परमेश्‍वर र अल्प आयुको मानिस

    • हजार वर्ष परमेश्‍वरको नजरमा बितेको एक दिनजस्तै ()

    • मानिसको आयु ७०-८० वर्ष (१०)

    • “हाम्रा दिनहरू गन्‍न हामीलाई सिकाउनुहोस्‌” (१२)

साँचो परमेश्‍वरको सेवक मोसाको प्रार्थना।+ ९०  हे यहोवा, पुस्तौँपुस्तादेखि तपाईँ हाम्रो निवासस्थान*+ हुनुभएको छ।  २  पहाडहरूको जन्म हुनुअघि नै,तपाईँले पृथ्वी र उर्वर भूमिलाई अस्तित्वमा ल्याउनुअघि नै,*+अनादिदेखि अनन्तसम्म* तपाईँ नै परमेश्‍वर हुनुहुन्छ।+  ३  तपाईँ मरणशील मानिसलाई माटोमा फर्काइदिनुहुन्छ;तपाईँ भन्‍नुहुन्छ: “ए मानिसका सन्तान हो, माटोमा फर्किजाओ।”+  ४  हजार वर्ष तपाईँको नजरमा हिजो बिताएको एक दिनजस्तै,+रातको एक प्रहरजस्तै हो।  ५  तपाईँ तिनीहरूको अन्त गरिदिनुहुन्छ;+ तिनीहरू केवल निद्राजस्ता छन्‌;तिनीहरू बिहान पलाउने घाँसजस्ता छन्‌।+  ६  बिहान त्यो मौलाउँछ र ताजा हुन्छतर बेलुकीसम्ममा त्यो ओइलाउँछ र सुकिजान्छ।+  ७  हामी तपाईँको दन्केको रिसले भस्म भएका छौँ,+तपाईँको क्रोधले भयभीत भएका छौँ।  ८  तपाईँ हाम्रा गल्तीहरू आफ्नो सामुन्‍ने राख्नुहुन्छ;*+हामीले गुप्तमा गरेका कामहरू तपाईँको मुहारको ज्योतिमा उदाङ्‌ग हुन्छन्‌।+  ९  तपाईँको क्रोधले गर्दा हाम्रा दिनहरू घट्‌दै जान्छन्‌;हाम्रा वर्षहरू सुस्केराजस्तै बितिजान्छन्‌। १०  हाम्रो आयु त केवल ७० वर्ष हुन्छ,जो हट्टाकट्टा छ, उसको आयु ८० पुग्ला।+तर ती वर्षहरू पनि दुःख र पीडाले भरिएका हुन्छन्‌;ती चाँडै बित्छन्‌ र हामी बिलाइहाल्छौँ।+ ११  तपाईँको क्रोधमा कति शक्‍ति छ, कसले बुझ्न सक्छ?तपाईँको क्रोध तपाईँलाई दिनुपर्ने भयजत्तिकै ठूलो छ।+ १२  हाम्रा दिनहरू गन्‍न हामीलाई सिकाउनुहोस्‌+ताकि हामीले बुद्धिले भरिएको हृदय पाउन सकौँ। १३  हे यहोवा, फर्कनुहोस्‌!+ यस्तो कहिलेसम्म भइरहन्छ?+आफ्ना सेवकहरूमाथि दया देखाउनुहोस्‌।+ १४  बिहान आफ्नो अटल प्रेमले+ हामीलाई सन्तुष्ट पार्नुहोस्‌अनि हामी जीवनका बाँकी दिनहरूमा खुसीले कराउन र रमाउन सकौँ।+ १५  हामीलाई जति दिन तपाईँले दुःख दिनुभएको थियो, त्यति नै दिन खुसी दिनुहोस्‌,+जति वर्ष हामीमाथि विपत्ति आइपऱ्‍यो, त्यति नै वर्ष हामी रमाउन सकौँ।+ १६  तपाईँका सेवकहरूले तपाईँको काम देखून्‌,तिनीहरूका सन्तानले तपाईँको वैभव देखून्‌।+ १७  हाम्रा परमेश्‍वर यहोवाको अनुग्रह हामीमाथि रहोस्‌;हाम्रा हातको कामलाई सफल* पार्नुहोस्‌।हो, हाम्रा हातको कामलाई सफल* पार्नुहोस्‌।+

फुटनोटहरू

वा सम्भवतः “हाम्रो शरणस्थान।”
वा “मानौँ, प्रसववेदना सहेर जन्माउनुअघि नै।”
वा “युगौँयुगसम्म।”
वा “तपाईँ हाम्रा गल्तीहरूबारे अनजान हुनुहुन्‍न।”
वा “स्थिर।”
वा “स्थिर।”