भजनसङ्‌ग्रह ९१:१-१६

  • परमेश्‍वरको गुप्त ठाउँमा पाइने सुरक्षा

    • सिकारीको पासोबाट छुटकारा ()

    • परमेश्‍वरको पखेटामुनि शरण ()

    • हजारौँ ढले पनि सुरक्षित ()

    • रक्षा गर्न स्वर्गदूतहरूलाई हुकुम (११)

९१  जो सर्वोच्च परमेश्‍वरको गुप्त ठाउँमा बास गर्छ,+ऊ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको छत्रछायामुनि बस्नेछ।+  २  म यहोवालाई भन्‍नेछु: “तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ,+मेरा परमेश्‍वर, जसमाथि म भरोसा गर्छु।”+  ३  किनकि उहाँले तिमीलाई सिकारीको* पासोबाट छुटाउनुहुनेछ,घातक रुढीबाट जोगाउनुहुनेछ।  ४  उहाँले आफ्नो पखेटाले तिमीलाई छोप्नुहुनेछ,*तिमीले उहाँको पखेटामुनि शरण लिनेछौ।+उहाँको वफादारी+ एउटा ठूलो ढाल+ र सुरक्षा दिने पर्खालजस्तै हुनेछ।  ५  रातको त्रासदेखि तिमी डराउनेछैनौ+अनि दिनमा चल्ने काँडले गर्दा तिमी आत्तिनेछैनौ।+  ६  घोर अन्धकारमा फैलिने महामारीअनि मध्यदिनमै बरबादी ल्याउने विनाशदेखि तिमी आत्तिनेछैनौ।  ७  तिम्रो एकापट्टि हजार जना ढल्नेछन्‌र तिम्रो दायाँ हाततिर दस हजार।तर कुनै विपत्तिले तिमीलाई भेट्‌नेछैन।+  ८  बरु तिमीले ती आफ्नै आँखाले देख्नेछौ।दुष्टले सजाय पाएको तिमी आफैले देख्नेछौ।  ९  किनकि तिमीले यसो भन्यौ: “यहोवा मेरो शरणस्थान हुनुहुन्छ,”तिमीले सर्वोच्च परमेश्‍वरलाई आफ्नो निवासस्थान* बनायौ;+ १०  तिमीमाथि कुनै विपत्ति आइपर्नेछैन,+कुनै पनि रुढी तिम्रो पालको नजिक आउनेछैन। ११  किनकि तिम्रा सबै मार्गमा तिम्रो रक्षा गर्न+उहाँले आफ्ना स्वर्गदूतहरूलाई+ हुकुम गर्नुहुनेछ। १२  उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌+ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।+ १३  जवान सिंह र गोमनलाई तिमीले कुल्चनेछौ;सिंह र बडेमाको सर्पलाई खुट्टाले कुल्चीमिल्ची गर्नेछौ।+ १४  परमेश्‍वरले भन्‍नुभयो: “म उसको उद्धार गर्नेछु+ किनकि ऊ मलाई प्रेम गर्छ,*म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।*+ १५  उसले मलाई पुकार्नेछ र म उसलाई जवाफ दिनेछु।+दुःखको बेला म उसलाई साथ दिनेछु।+म उसको उद्धार गर्नेछु र उसलाई महिमित तुल्याउनेछु। १६  म उसलाई लामो आयु दिएर सन्तुष्ट पार्नेछु,+म उसलाई मेरा उद्धारका कार्यहरू देखाउनेछु।”+

फुटनोटहरू

वा “चरा पक्रने सिकारीको।”
वा “तिमीसम्म पुग्ने बाटो छेक्नुहुनेछ।”
वा सम्भवतः “गढ; शरणस्थान।”
शा., “मसित टाँसिएको छ।”
वा “मेरो नाम ग्रहण गरेको छ।”