यसैया ३७:१-३८
३७ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्ग्रा लगाएर यहोवाको भवनमा गए।+
२ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्ना र पुजारीहरूको नाइकेलाई आमोजका छोरा भविष्यवक्ता यसैयाकहाँ पठाए।+ तिनीहरू सबै भाङ्ग्रा लगाएर तिनीकहाँ गए।
३ तिनीहरूले तिनलाई यसो भने: “हिजकियाह भन्नुहुन्छ, ‘यो दिन दुःख, निन्दा र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्ति नै छैन।+
४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेको कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्,+ तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+
६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्नू, ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+
७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ।+ अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+
८ अस्सेरियाका राजा लाकिसबाट गए भन्ने खबर सुनेपछि रबसाके तिनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+
९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह तिनीसित युद्ध लड्न आउँदै छन् भन्ने खबर पाए। तब तिनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई यसो भनेर पठाए:+
१० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+
११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ?
१२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके?+ गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए?
१३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम,+ हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्?’”
१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+
१५ अनि तिनले यहोवालाई यसो भन्दै प्रार्थना गरे:+
१६ “हे सेनाहरूका यहोवा,+ इस्राएलका परमेश्वर, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ! पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्वर हुनुहुन्छ। तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो।
१७ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस् र मेरो कुरा सुन्नुहोस्।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस् र हामीमाथि नजर लगाउनुहोस्।+ तपाईँ जीवित परमेश्वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्।+
१८ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै देशलाई+ र आफ्नै देशलाई समेत ध्वस्त पारेका छन्।
१९ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्।+ किनकि ती साँच्चैका ईश्वर थिएनन्; ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके।
२० त्यसैले हे यहोवा हाम्रा परमेश्वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस् र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्वर हुनुहुन्छ भनेर थाह पाऊन्।”+
२१ त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा मलाई बिन्ती गऱ्यौ।+
२२ त्यसैले यहोवा परमेश्वरले उसको विरुद्धमा यसो भन्नुभएको छ:
“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्, उनी तेरो खिसी गर्छिन्।
यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्।
२३ तैँले कसलाई हाँक दिइस्+ र कसको निन्दा गरिस्?कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्?+तैँले कोविरुद्ध आफ्नो अहङ्कारी आँखा उठाइस्?तैँले इस्राएलका पवित्र परमेश्वरविरुद्ध यी सब गरिस्!+
२४ तैँले आफ्ना सेवकहरूमार्फत यहोवालाई हाँक दिँदै यसो भनिस्,+‘म आफ्ना अनगिन्ती रथसहित आउनेछुर पहाडहरूको टुप्पोमा उक्लनेछु।+म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्नेछु।अनि अग्ला-अग्ला ठाउँमा भएका त्यसका शरणस्थान र त्यसका घना जङ्गलहरूमा छिर्नेछु।
२५ म इनार खन्नेछु र पानी पिउनेछु।म आफ्नो पैतालाले मिश्रका खोलाहरू* सुकाइदिनेछु।’
२६ के तैँले सुनेको छैनस्? मैले धेरै अघि यो कुरा निश्चय गरिसकेको थिएँ।मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+अब म त्यो पूरा गर्नेछु।+तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्।+
२७ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्।तिनीहरू डरले थरथर काँप्नेछन् र लाजमा पर्नेछन्।तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्।तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।
२८ तर तँ कहिले बस्छस्, कहिले बाहिर जान्छस् अनि कहिले भित्र छिर्छस्, त्यो सब मलाई थाह छ।+अनि तँ कहिले मसित रिसाउँछस्, त्यो पनि मलाई थाह छ।+
२९ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”
३० “‘यो अवश्य पूरा हुनेछ भन्ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्न खानेछौ। तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र कटनी गर्नेछौ। तिमीहरूले अङ्गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+
३१ यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्नेछन् र फल फलाउनेछन्।
३२ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्।+ सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+
३३ “‘त्यसैले यहोवा परमेश्वर अस्सेरियाका राजाबारे यसो भन्नुहुन्छ:+
“ऊ यस सहरमा छिर्नेछैन,+उसले यता काँड हान्नेछैन,ढाल लिएर यसलाई आक्रमण गर्नेछैनअनि यसविरुद्ध घेरा-मचान* पनि बनाउनेछैन।”’+
३४ यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, ‘ऊ जुन बाटो भएर आएको थियो, त्यही बाटो भएर फर्कनेछ।ऊ यस सहरमा छिर्नेछैन।’
३५ ‘म यस सहरको रक्षा गर्नेछु;+म आफ्नो खातिर+ र आफ्नो सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।’”+
३६ तब यहोवा परमेश्वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+
३७ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+
३८ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत् गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा भागेर गए।+ त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।
फुटनोटहरू
^ वा सम्भवतः “करूबहरूको बीचमा।”
^ वा “नाइल नदीका नहरहरू।”
^ अर्थात्, हिजकियाहको।
^ वा “भुईँमा खसेको बिउबाट उम्रेको।”
^ शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।