यसैया ४१:१-२९
४१ “ए टापुहरू हो! चुपचाप मेरो कुरा सुन।जातिजातिले फेरि साहस देखाऊन्।तिनीहरू मेरो अगाडि आऊन् र आफ्नो कुरा राखून्।+आओ! हामी भेला होऔँ अनि म तिमीहरूको मुद्दाको फैसला गर्नेछु।
२ पूर्वमा उसलाई खडा गर्ने को हो?+न्याय गर्न आफ्नो पाउनजिकै* उसलाई उभ्याउने को हो?जातिजातिलाई उसको वशमा पार्नअनि राजाहरूलाई उसको अधीनमा राख्न उसलाई खडा गर्ने को हो?+उसको तरबारको अगाडि जातिजातिलाई धुलोपिठो पार्नेर उसको धनुको सामने तिनीहरूलाई बतासले उडाएको ठोसोझैँ तुल्याउने को हो?
३ ऊ कहिल्यै नहिँडेको बाटोमा समेतउसले तिनीहरूलाई सजिलै खेद्नेछ।
४ यी सब कुरा कसले गरेर देखाएको छ?सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?म यहोवा नै सबैभन्दा पहिलो हुँ+अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+
५ टापुहरू यी कुरा देखेर त्रसित भएका छन्;पृथ्वीका टाढा-टाढाका देशहरूसमेत थरथर काँप्छन्अनि तिनीहरू एकसाथ भेला हुन्छन्।
६ प्रत्येकले आफ्नो साथीलाई सघाउँछर आफ्नो भाइलाई यसो भन्छ: “हिम्मत नहार!”
७ कालिगडले सुनारको हिम्मत बढाउँछ+अनि धातु पिट्न घन चलाउनेलेलिहिलीमा* धातु पिट्नेलाई हौसला दिन्छ।धातुहरू जोड्ने काम सकिएपछि उसले यसो भन्छ: “राम्रो भयो!”अनि त्यो नलडोस् भनेर उसले त्यसलाई किला ठोकेर अड्याउँछ।
८ “तर ए इस्राएल, तिमी त मेरो सेवक हौ।+अनि ए याकुब, तिमीलाई मैले रोजेको हुँ।+तिमी मेरो मित्र अब्राहामका सन्तान हौ।+
९ तिमीलाई मैले पृथ्वीको पल्लो छेउबाट ल्याएँ।+पृथ्वीको सबैभन्दा टाढाका देशहरूबाट मैले तिमीलाई बोलाएँ।मैले तिमीलाई यसो भनेँ: ‘तिमी मेरो सेवक हौ।+मैले तिमीलाई रोजेको छु, मैले तिमीलाई त्यागेको छैनँ।+
१० नडराऊ किनकि म तिमीसित छु;+फिक्री नगर किनकि म तिम्रा परमेश्वर हुँ।+म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’
११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन् र अपमानित हुनेछन्।+तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+
१२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्, तिनीहरू बिलाएर जानेछन्।+
१३ किनकि म यहोवा तिम्रा परमेश्वरले तिम्रो दाहिने हात समातेको छु।म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+
१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ।
१५ “हेर, मैले तिमीलाई दाँदेजस्तै तुल्याएको छु,+दुई लहर धारिलो दाँती भएको दाँदेजस्तै बनाएको छु।तिमीले पहाडहरूलाई कुल्चेर धुलोपिठो पार्नेछौर डाँडाहरूलाई भुसजस्तै बनाउनेछौ।
१६ तिमीले तिनीहरूलाई निफन्नेछौर तिनीहरूलाई हावाले उडाएर लैजानेछ।आँधीले तिनीहरूलाई छरपस्ट पार्नेछ।यहोवाको कारण तिमी रमाउनेछौ।+इस्राएलका पवित्र परमेश्वरमा तिमीले गर्व गर्नेछौ।”+
१७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन् तर कतै फेला पार्दैनन्।तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+तर म यहोवा तिनीहरूको पुकारा सुन्नेछु।+म इस्राएलका परमेश्वरले तिनीहरूलाई त्याग्नेछैनँ।+
१८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+
१९ म मरुभूमिमा देवदारको रूख,बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+अनि सुक्खा ठाउँमा धुपीको रूख,लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+
२० जब मानिसहरूले यी सब देख्नेछन्तब यहोवाको हातले नै यी गरेका हुन्र इस्राएलका पवित्र परमेश्वरले नै यी काम गर्नुभएको हो+भनेर तिनीहरूले बुझ्नेछन्।”
२१ यहोवा भन्नुहुन्छ, “तिमीहरूको मुद्दा सुरु गर।”याकुबका राजा भन्नुहुन्छ, “प्रमाण पेस गर।”
२२ “ए मूर्तिहरू हो! सक्छौ भने प्रमाण देखाओ र पछि हुने कुराहरू बताओ।उहिले-उहिलेका कुराहरू पनि सुनाओअनि हामी त्यसमा मनन गरौँ र नतिजा विचार गरौँ।अथवा अब के हुन लागेको छ, त्यो बताओ।+
२३ भविष्यवाणी गरेर देखाओअनि तिमीहरू ईश्वर हौ भनेर हामी मानौँला।+असल होस् वा खराब, एउटा अचम्मको काम गर,जुन देखेर हामी तीनछक परौँ।+
२४ हेर, तिमीहरूको त अस्तित्व नै छैन।तिमीहरूका काम पनि व्यर्थका हुन्।+अनि तिमीहरूको पछि लाग्नेहरू सबै घृणित हुन्।+
२५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।
२६ हामीलाई कसले सुरुदेखि नै यी कुरा बतायो र हामीले थाह पाउन सक्यौँ?‘उसको कुरा ठीकै रहेछ’ भन्नलाई कसले यी कुरा पहिल्यै बतायो?+कसैले बताएन!कसैले पनि यी कुराहरूको घोषणा गरेन!तिमीहरूको मुखबाट कसैले केही सुनेन!”+
२७ “हेर, यी कुराहरू हुनेछन्!” भनेर सियोनलाई सबैभन्दा पहिला बताउने मै हुँ।+अनि यरुसलेमलाई शुभ समाचार दिन म एउटा दूत पठाउनेछु।+
२८ मैले यताउता हेरिरहेँ तर त्यहाँ कोही थिएन;सल्लाह दिने एक जना पनि त्यहाँ थिएन।मैले सोधिरहेँ तर कसैले जवाफ दिएन।
२९ हेर, तिनीहरूको त अस्तित्व नै छैन।तिनीहरूका काम व्यर्थ हुन्;धातुका मूर्तिहरू* हावा मात्र हुन्।+
फुटनोटहरू
^ अर्थात्, आफ्नो सेवामा।
^ वा “फलामे अचानोमा।”
^ वा “सूर्योदयबाट।”
^ वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”