यसैया ६०:१-२२

  • सियोनमाथि यहोवाको महिमा चम्कन्छ (१-२२)

    • ढुकुरहरू आफ्नो गुँडतिर फर्केझैँ ()

    • तामाको सट्टा सुन (१७)

    • थोरैचाहिँ हजार हुनेछ (२२)

६०  “ए स्त्री, उठ!+ ज्योति चम्काऊ, तिम्रो ज्योति आइसकेको छ।यहोवाको महिमा तिमीमाथि चम्केको छ।+  २  हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछतर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछअनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।  ३  जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्‌+अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्‌।+  ४  आँखा उठाएर चारैतिर हेर,तिनीहरू सबै भेला भएका छन्‌ अनि तिमीकहाँ आइरहेका छन्‌।तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्‌+अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+  ५  यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्‌नेछकिनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+  ६  उँटको बथानले तिम्रो देशलाई* ढाक्नेछतिम्रो देश मिद्यान र एपाका जवान उँटहरूले भरिनेछ।+सेबाबाट सबै मानिस आउनेछन्‌;तिनीहरूले सुन र सेतो धूप* ल्याउनेछन्‌।तिनीहरूले यहोवाको गुणगान गाउनेछन्‌।+  ७  केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्‌।तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+  ८  बादलसरि उड्‌दै आइरहेका यी को हुन्‌?ढुकुरहरू आफ्नो गुँडतिर फर्केर आइरहेझैँ देखिने यी को हुन्‌?  ९  टापुहरू मेरो बाटो हेर्छन्‌;+तर्सिसका जहाजहरू सबैभन्दा अगाडि छन्‌,*ती जहाजहरूले तिम्रा छोराहरूलाई टाढाबाट ल्याउँदै छन्‌।+तिम्रा परमेश्‍वर र इस्राएलका पवित्र परमेश्‍वर यहोवाको नामको महिमा गर्नतिनीहरूले आफ्ना सुन र चाँदी ल्याउँदै छन्‌अनि परमेश्‍वरले तिम्रो सौन्दर्य* बढाउनुहुनेछ।+ १०  विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्‌अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्‌।+रिसाएर मैले तिमीलाई हिर्काएको थिएँतर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+ ११  तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्‌;+ती कहिल्यै बन्द गरिनेछैनन्‌,तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्‌अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्‌।+ १२  जुन जाति र जुन राज्यले तिम्रो सेवा गर्दैन, त्यसको नामोनिसान मेटाइनेछ,त्यसको अस्तित्व नै रहनेछैन।+ १३  लेबनानको गौरव तिमीकहाँ आउनेछ;+धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्‌+अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्‌।तब म मेरो पाउदानको गौरव बढाउनेछु।+ १४  तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन्‌ अनि तिमीलाई दण्डवत्‌ गर्नेछन्‌,तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्‌,तिनीहरूले तिमीलाई यहोवाको सहर भन्‍नेछन्‌,तिमीलाई इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्‌।+ १५  तिम्रो वास्ता गरिएन, तिमीलाई घृणा गरियो अनि तिम्रो बाटो हुँदै कोही गएन+तर अब तिमी सदाको लागि गर्व गर्ने कारण हुनेछौ,तिमी पुस्तौँपुस्तासम्म रमाहट गर्ने कारण हुनेछौ।+ १६  तिमीले जातिजातिको दूध पिउनेछौ,+तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,म याकुबका शक्‍तिशाली परमेश्‍वर तिम्रो मुक्‍तिदाता हुँ।+ १७  म तामाको सट्टा सुनर फलामको सट्टा चाँदी ल्याउनेछु;म काठको सट्टा तामार ढुङ्‌गाको सट्टा फलाम ल्याउनेछु;म शान्तिलाई तिम्रो निरीक्षकअनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+ १८  तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ। १९  तिमीलाई सूर्यको प्रकाशको खाँचो पर्नेछैन,चन्द्रमाको उज्यालो पनि चाहिनेछैनकिनभने यहोवा नै सदासदा तिम्रो ज्योति हुनुहुनेछ+अनि तिम्रा परमेश्‍वर तिम्रो शोभा हुनुहुनेछ।+ २०  तिम्रो सूर्य कहिल्यै अस्ताउनेछैनअनि तिम्रो चन्द्रमा कहिल्यै धमिलो हुनेछैनकिनभने यहोवा सदासदा तिम्रो ज्योति हुनुहुनेछ,+तब तिमीले कहिल्यै शोक गर्नुपर्नेछैन।+ २१  तिम्रा सबै मानिस धर्मी हुनेछन्‌;तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्‌।तिनीहरू मैले रोपेका बिरुवा,मेरो शोभा बढाउने मेरो हातको काम हुन्‌।+ २२  थोरैचाहिँ हजार हुनेछअनि सानोचाहिँ शक्‍तिशाली जाति हुनेछ।म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।”

फुटनोटहरू

वा “तिम्रो बिहानीको ज्योति देखेर।”
शा., “तिमीलाई।”
शब्दावली हेर्नुहोस्‌।
वा “महिमा।”
वा “पहिलाजस्तै आइरहेका छन्‌।”
शब्दावली हेर्नुहोस्‌।