प्रश्न १९
बाइबलका किताबहरूमा कस्ता जानकारीहरू छन्?
हिब्रू धर्मशास्त्र (“पुरानो नियम”)
पेन्टाटुक (पाँच वटा किताब):
उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था
सृष्टिदेखि पुरातन इस्राएल राष्ट्रको स्थापना हुँदासम्मको विवरण
इतिहासका किताबहरू (१२ वटा किताब):
यहोसु, न्यायकर्ता, रुथ
इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको विवरण र त्यसपछिका घटनाहरू
१ समुएल, २ समुएल, १ राजा, २ राजा, १ इतिहास, २ इतिहास
यरुसलेम विनाश भएको समयसम्मको इस्राएल राष्ट्रको इतिहास
एज्रा, नहेम्याह, एस्तर
बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको इतिहास
कवितात्मक शैलीमा लेखिएका किताबहरू (पाँच वटा किताब):
अय्युब, भजनसङ्ग्रह, हितोपदेश, उपदेशक, श्रेष्ठगीत
बुद्धिमानी उपदेश र भजनहरूको सङ्ग्रह
भविष्यवाणीका किताबहरू (१७ वटा किताब):
यसैया, यर्मिया, विलाप, इजकिएल, दानिएल, होसे, योएल, आमोस, ओबदियाह, योना, मिका, नहुम, हबकुक, सपन्याह, हाग्गै, जकरिया, मलाकि
परमेश्वरका मानिसहरूलाई भविष्यमा के हुनेछ भनेर पहिल्यै भविष्यवाणी गरिएको थियो
ख्रिष्टियन ग्रीक धर्मशास्त्र (“नयाँ नियम”)
सुसमाचारको किताब (चार वटा किताब):
मत्ति, मर्कुस, लुका, युहन्ना
येसुको जीवन र सेवाको कामबारे विवरण
प्रेषितहरूका कार्य (एउटा किताब):
ख्रिष्टियन मण्डलीको सुरुवात अनि मिसनरी सेवाको इतिहास
पत्रहरू (२१ वटा किताब):
रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती, एफिसी, फिलिप्पी, कलस्सी, १ थिस्सलोनिकी, २ थिस्सलोनिकी
विभिन्न ख्रिष्टियन मण्डलीहरूका लागि पत्रहरू
१ तिमोथि, २ तिमोथि, तितस, फिलेमोन
व्यक्तिविशेषका लागि पत्रहरू
हिब्रू, याकुब, १ पत्रुस, २ पत्रुस, १ युहन्ना, २ युहन्ना, ३ युहन्ना, यहुदा
सबै ख्रिष्टियनका लागि पत्रहरू
प्रकाश (एउटा किताब):
प्रेषित युहन्नालाई दर्शनमार्फत दिइएका भविष्यवाणीहरू