गीत ५१
समर्पित छौँ यहोवामा!
-
१. येसुको चेला बनाउन खिचे याहले;
बन्यौँ है हामी चेला मनले।
सत्यको ज्योति चम्क्यो,
सिंहासनबाट याहको।
विश्वास बलियो बनाइ
गऱ्यौँ इन्कार आफैलाई।
(कोरस)
समर्पित छौँ यहोवामा; स्वइच्छाले।
येसु र याहमै रम्छौँ ऐले।
-
२. वाचा गऱ्यौँ याहसामु हामी सबले:
सदा उनकै सेवामा जिउने।
छैन खुसीको सीमा,
याहको इच्छा गर्दा,
उनको नाम वहन गर्दा,
राज्य सन्देश सुनाउँदा।
(कोरस)
समर्पित छौँ यहोवामा; स्वइच्छाले।
येसु र याहमै रम्छौँ ऐले।