गीत ८२
“तिमीहरूको ज्योति चम्कोस्”
-
१. दिए आज्ञा ख्रिष्टले:
ज्योति चम्काउन,
घामको किरणले झैँ
विभेद नगर्न।
सिकाउँछ बाइबलले
शान्तिका कुरा।
चम्काऔँ ज्योति अब
सत्य सिकाउँदा।
-
२. जगाऔँ आशा मनमा
सबै मानिसको;
पूरा गरौँ जिम्मा
याहले दिएको।
डोऱ्याउँछ बाइबलले
ज्योति चम्काउँदा।
सुनाउने काम हो हाम्रो,
रोजाइ तिनैको।
-
३. सुकर्मले छर्छ
संसारमा ज्योति;
हुन्छ असल मोती
हाम्रो हर बोली।
असल काम गरेर
ज्योति चम्काऔँ।
यसरी नै याहलाई
खुसी बनाऔँ।
(भज. ११९:१३०; मत्ति ५:१४, १५, ४५; कल. ४:६ पनि हेर्नुहोस्)